image
image
गर्भवती महिलाको मृत्युपछि सर्लाहीको अस्पतालमा आगजनी, चार जना पक्राउ

गर्भवती महिलाको मृत्युपछि सर्लाहीको अस्पतालमा आगजनी, चार जना पक्राउ

मंसिर ८ — सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित बरहथवा नगर अस्पतालमा उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड तथा आगजनी भएको छ। २१ वर्षीया सीमा रामदेवीको आइतबार राति उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासी आक्रोशित हुँदै अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै आगजनीमा उत्रिएका हुन्। मृतक महिला तीन दिनदेखि बिरामी भएर अस्पतालमा उपचाररत थिइन्। उपचारका क्रममा उनको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लैजाँदै गर्दा चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए। चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको आरोप आफन्तले लगाए पनि मृत्युको वास्तविक कारणबारे पोस्टमार्टम तथा थप अनुसन्धानबाट पुष्टि हुन बाँकी छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ का ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन्। यसैगरी आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी छ। आगजनी तथा तोडफोडका कारण अस्पतालको आकस्मिक कक्ष, भौतिक संरचना र स्वास्थ्य उपकरणमा गरी प्रारम्भिक अनुमानअनुसार करिब ३० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। घटनापछि अस्पताल परिसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। यस घटनाले स्वास्थ्य संस्थामा बिरामीको उपचार तथा स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। उपचारमा लापरबाही भएको भए निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र स्वास्थ्य संस्थामाथि हुने हिंसा तथा आगजनी नियन्त्रण गर्नुपर्ने आवाजसमेत उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।