image
image
कोरला नाकाबाट चार महिनामै भित्रिए ७ हजार विद्युतीय सवारीसाधन

कोरला नाकाबाट चार महिनामै भित्रिए ७ हजार विद्युतीय सवारीसाधन

मङ्सिर ७। नेपाल–चीन सीमा मुस्ताङस्थित कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ७ हजार विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार साउन महिनामा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा गरी ५ हजार ६४७ वटा विद्युतीय सवारीसाधन आयात भएका हुन्। गत आर्थिक वर्षभरि यस नाकाबाट ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण गत अगस्ट २६ देखि रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने आयात कोरला नाकातर्फ बढेको भन्सार अधिकारीहरूले बताएका छन्। यसै अवधिमा मुस्ताङ भन्सार कार्यालयले १२ अर्ब ५५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन कार्यालयको वार्षिक ९ अर्ब रुपैयाँको लक्ष्यभन्दा ३ अर्ब ५५ करोड बढी हो। यद्यपि कोरला नाकाबाट आयात भएका सवारीसाधन गन्तव्यसम्म पुर्‍याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव चुनौती बनेको छ। केही विद्युतीय गाडी भन्सार प्रक्रिया पूरा गरे पनि सडक मार्गमै रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।