image
image
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ई–ट्याग सेवा सुरु, टोल भुक्तानी सहज हुने अपेक्षा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ई–ट्याग सेवा सुरु, टोल भुक्तानी सहज हुने अपेक्षा

मङ्सिर ७। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कुमारी बैंकले विद्युतीय टोल भुक्तानी प्रणाली (ई–ट्याग) बिक्री तथा वितरण सेवा सुरु गरेको छ। बैंकका विभिन्न शाखाबाट उपलब्ध हुने यस सेवाअन्तर्गत सवारीसाधनको अगाडिको सिसामा विशेष स्टिकर जडान गरेपछि टोल शुल्क सम्बन्धित खाताबाट स्वतः कट्टा हुनेछ। यसका लागि सवारीधनीले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ। यसअघि सुरुङमार्गमा नगद तथा क्यूआर कोडमार्फत टोल शुल्क सङ्कलन गर्दा विशेषगरी व्यस्त समयमा लामो लाइन र सवारी चापको समस्या देखिएको थियो। नयाँ प्रविधिले टोल बुथमा रोकिनुपर्ने समय घटाउनुका साथै यात्रालाई छिटो, सहज र नगदरहित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।