image
image
प्रधानमन्त्री बालेन शाह र मोदीबीच उच्चस्तरीय भेटवार्ता हुँदै, विभिन्न सहमतिमा हस्ताक्षरको तयारी

प्रधानमन्त्री बालेन शाह र मोदीबीच उच्चस्तरीय भेटवार्ता हुँदै, विभिन्न सहमतिमा हस्ताक्षरको तयारी

मङ्सिर ७। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता हुँदैछ। प्रधानमन्त्री शाहको भारतको पहिलो औपचारिक द्विपक्षीय भ्रमणका क्रममा हुन लागेको यस भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आर्थिक साझेदारी, ऊर्जा, जलविद्युत्, व्यापार, पारवहन, हवाई मार्ग तथा पूर्वाधार विकासलगायत विषयमा छलफल हुने कार्यक्रम छ। दुवै देशबीच विभिन्न क्षेत्रमा सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने र संयुक्त रूपमा केही विकास आयोजनाको उद्घाटन गर्ने तयारी गरिएको छ। छलफलमा नेपालको आर्थिक पुनर्निर्माणका लागि भारतको सम्भावित आर्थिक सहयोग, जनकपुर–अयोध्या रेल सेवा र अन्य पूर्वाधार आयोजनाले समेत प्राथमिकता पाउने अपेक्षा गरिएको छ। भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धि र सहमतिबारे जानकारी दिने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।