image
image
पशु ढुवानीमा अमानवीय व्यवहार, ७२ घण्टासम्म खानापानी नदिइएको गुनासो

पशु ढुवानीमा अमानवीय व्यवहार, ७२ घण्टासम्म खानापानी नदिइएको गुनासो

मङ्सिर ७। नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने राँगा, भैँसी, बाख्रा तथा कुखुराको ढुवानीमा गम्भीर लापरबाही हुने गरेको तथ्य सार्वजनिक भएको छ। नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अध्ययन तथा अवलोकनका क्रममा पशुपन्छीलाई क्षमताभन्दा बढी सङ्ख्यामा एउटै गाडीमा कोचेर राख्ने, लामो समयसम्म दानापानी नदिने र अनुपयुक्त सवारीसाधन प्रयोग गर्ने गरिएको पाइएको हो। संस्थाका अनुसार कैलाली, टीकापुर र अत्तरियालगायत सुदूरपश्चिमका क्षेत्रबाट काठमाडौँसम्म भैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने गरेको छ। यस अवधिमा कतिपय पशुलाई पानी र खाना उपलब्ध नगराइने गरेको समाजका निर्देशक हरि जोशीले जानकारी दिएका छन्। विशेष प्रयोजनका लागि निर्माण गरिएका पशु ढुवानी गाडीको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा पशु ओसारपसार गर्दा उनीहरू घाइते हुने, शरीरमा चोट लाग्ने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था रहेको छ। समाजले पशु व्यापार र मासु व्यवसायको विरोध नभई ढुवानीका क्रममा हुने क्रूर व्यवहार रोक्नुपर्ने स्पष्ट पारेको छ। साथै, विशेष ढुवानी सवारीसाधनको व्यवस्था, बाटोमा विश्रामस्थल निर्माण, नियमित पानी तथा दानाको व्यवस्था र सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।