image
image
अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै १ लाख २३ हजारभन्दा बढी विदेशी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै १ लाख २३ हजारभन्दा बढी विदेशी पर्यटक

मङ्सिर ७। गण्डकी प्रदेशस्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष साउनदेखि कात्तिकसम्म १ लाख २३ हजार ७१४ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ विदेशी पर्यटक पुगेका छन्। तीमध्ये ५२ हजार ८८६ जना दक्षिण एसियाली मुलुकका पर्यटक रहेका छन्। विशेषगरी असोज र कात्तिक महिनामा पदयात्राका लागि अनुकूल मौसम हुने भएकाले पर्यटकको आगमन बढेको बताइएको छ। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ र घोडेपानी पर्यटकका प्रमुख आकर्षण बनेका छन्। पर्यटकको बढ्दो आगमनले नेपालको पर्वतीय पर्यटन, स्थानीय रोजगारी, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।