रास्वपा सभापति लामिछाने कोशी र मधेस प्रदेशका सांसदसँग छलफल गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदहरुसँग दिनको १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल हुनेछ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सहभागी हुन काठमाडौँमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ । बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुने बताइएको छ ।









