“रास्वपाको आपत्ति : बादलको ‘अराजक जमात’ टिप्पणी अभिलेखबाट हटाउन माग
काठमाडौँ । रास्वपाका सांसद मनिष खनालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले रास्वपालाई ‘अराजक जमातहरूको अस्थायी गठजोड’ जस्ता शब्द प्रयोग गर्दै आलोचना गरेका थिए । यस्ता अभिव्यक्तिहरूमाथि रास्वपा सांसद खनालले आपत्ति जनाएका हुन् । सार्वभौम जनताबाट निर्वाचित भएर आएकाहरूलाई अराजक भीड भन्नु अपमानजनक रहेको भन्दै उनले नियमापति गरेका हुन् । नेपाली सेनाको भूमिकाबारे टिप्पणी लगायत बादलले बोलेका सबै अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरे ।









