आधा खाली संसद्प्रति हर्क साम्पाङको आक्रोश : ‘मन लाग्दा आउने थलो होइन सदन
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरू आफ्नो मूल जिम्मेवारीप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
आज पनि यहाँ आधा जति कुर्सीहरू खाली छन्’ उनले भने, ‘यो सदन आउन मन लाग्दा आउने, आउन मन नलाग्दा नआएपनि हुने हो वा के हो ? यो विषयमा सभामुखज्यूले बिचार गर्नुहोला ।’









