image
image
तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावितः तातो लहरको चेतावनी

तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावितः तातो लहरको चेतावनी

काठमाडौं । केही दिनतया तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावित भएको छ ।आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर चल्ने पूर्वानुमान छ ।

विभागका अनुसार आज कर्णाली प्रदेशबाहेक ६ वटै प्रदेशका तराई तथा उपत्यकाका खोँचहरुमा तातो दिन हुने प्रक्षेपण छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहरको पनि सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।जल तथा मौसम विज्ञान विभागले तातो लहरले स्वास्थ्यमा असर पर्ने भएकाले घामबाट जोगिन र अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

विभागले आज बिहान १९ स्थानका अधिकतम र न्यूनतम तापक्रमको पूर्वानुमान सार्वजनिक गरेको छ । त्यसमध्ये ५ स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।

बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवाको तापक्रम भने ४० डिग्री सेल्सियस नाघ्नसक्ने अनुमान छ । आज दिउँसो भैरहवाको अधिकतम तापक्रम ४०–४२ को बीच रहने अनुमान विभागको छ । यसैगरी नेपालगञ्जको अधिकतम तापक्रम ३९ देखि ४१ को बीचमा रहने अनुमान गरिएको छ ।

धनुषाको जनकपुर, डोटीको दिपायल र कैलालीको धनगढीमा आज दिउँसो अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।बाराको सिमराको अधिकतम तापक्रम भने ३६ देखि ३८ डिग्री सेल्सियस रहनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार शनिबार राति भने देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भाग आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरेको छ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।