प्रधानमन्त्री शाहद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
मङ्सिर ७। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार नयाँदिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। भारतका स्वतन्त्रता आन्दोलनका अगुवा गान्धीप्रति सम्मान प्रकट गर्दै प्रधानमन्त्री शाहले सत्य, अहिंसा, करुणा र निःस्वार्थ सेवाको आदर्शलाई स्मरण गरेका हुन्। समाधिस्थलमा राखिएको सन्देशमा उनले सत्यको शक्ति कुनै पनि शक्तिभन्दा महान् हुने उल्लेख गर्दै भगवान् बुद्धको जन्मभूमि नेपालबाट गान्धीको जीवनदर्शनप्रति सम्मान व्यक्त गरेका छन्। उनले नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक सीमामा मात्र सीमित नभई साझा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पारिवारिक सम्बन्धमा आधारित रहेको बताएका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता, विभिन्न विकास आयोजनाको उद्घाटन तथा दुई देशबीच समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।









