image
image
पशुपतिनाथको नित्य तथा नैमित्तिक पूजा परम्परा संरक्षण गर्न विद्वान्हरूको आग्रह

पशुपतिनाथको नित्य तथा नैमित्तिक पूजा परम्परा संरक्षण गर्न विद्वान्हरूको आग्रह

मंसिर ७। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रको धार्मिक, सांस्कृसिक महत्त्व संरक्षण गर्न नित्य तथा नैमित्तिक पूजा, आराधना र तिक तथा ऐतिहापरम्परागत गतिविधिलाई विधिपूर्वक निरन्तरता दिनुपर्नेमा धार्मिक विद्वान्हरूले जोड दिएका छन्। पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानको विद्वत् परिषद्को बैठकमा सहभागी विद्वान्हरूले पशुपतिनाथमा सञ्चालन हुँदै आएका नियमित पूजा तथा सांस्कृतिक क्रियाकलापमा अवरोध आउन नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा राखेका हुन्।

बैठकमा सहभागी विद्वान्हरूका अनुसार पशुपतिनाथको नित्य पूजा, आराधना तथा परम्परागत सांस्कृतिक गतिविधि रोकिएमा यस क्षेत्रको धार्मिक पहिचान र विश्व सम्पदाका रूपमा रहेको महत्त्वमा समेत प्रश्न उठ्न सक्छ। त्यसैले परम्परागत पूजा पद्धतिलाई पूर्ववत् रूपमा सञ्चालन गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ।

प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाईंका अनुसार बैठकले पशुपतिनाथको पूजा तथा आराधना पद्धतिबारे जानकारी दिने उद्देश्यले प्रतिष्ठानले प्रकाशन गर्दै आएको पुस्तकलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ। पशुपतिनाथको पूजा विधिपूर्वक नियमित रूपमा सञ्चालन भए–नभएको विषयमा जानकारी लिई आवश्यक व्यवस्था मिलाउने उद्देश्यले विसं २०६६ मा प्रतिष्ठान स्थापना गरिएको थियो।

यसअघि पशुपतिनाथको पाँच दिन र बासुकीनाथको १७ दिनसम्म नित्य पूजा रोकिएको घटनापछि पूजा परम्पराको नियमितता सुनिश्चित गर्न प्रतिष्ठान स्थापना गरिएको जानकारी पनि बैठकमा गराइएको थियो। कार्यक्रममा प्रा. दीर्घराज घिमिरे, प्रा. डा. ऋषिराम पोखरेल, प्रा. विद्यानाथ उपाध्याय भट्ट र प्रा. डा. विनुबाबा अर्याललगायत विद्वान् तथा विदुषीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।