image
image
नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द, घोप्टेभीरको जोखिमयुक्त पहिरो हटाइँदै

नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द, घोप्टेभीरको जोखिमयुक्त पहिरो हटाइँदै

मंसिर ७। पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको घोप्टेभीर क्षेत्रमा पहिरोको जोखिम न्यूनीकरण गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर ५ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने, सडकमा ढुङ्गा तथा माटो झर्ने र सवारी आवागमनमा जोखिम बढ्ने समस्या देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ। यसअघि पहिरोका कारण सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको थियो। जोखिमपूर्ण चट्टान र माटो हटाउन सवारीसाधन पूर्ण रूपमा रोकेर काम अघि बढाइएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार सडक बन्द रहने समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढतर्फबाट आउने सवारीसाधनलाई जुगेडी र आँपटारी, पोखरातर्फबाट आउनेलाई आँबुखैरेनी तथा काठमाडौं क्षेत्रबाट जाने सवारीसाधनलाई रमाइलो डाँडामा रोकिने व्यवस्था गरेको छ।

काठमाडौं, पोखरा, चितवन तथा देशका विभिन्न जिल्लाबीच आवतजावत गर्ने यात्रु र मालवाहक सवारीसाधनका लागि यो सडकखण्ड महत्त्वपूर्ण मार्ग भएकाले दैनिक पाँच घण्टाको बन्दले यात्राको समयतालिका प्रभावित हुन सक्ने देखिएको छ। त्यसैले यात्रु तथा चालकलाई बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समयलाई ध्यानमा राखेर यात्रा योजना बनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। सडक खुल्ने समय र कामको प्रगतिबारे प्रशासनको आगामी सूचनालाई ध्यान दिनसमेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।