image
image
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै, आर्थिक सहकार्य र हवाई मार्ग प्रमुख एजेन्डा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै, आर्थिक सहकार्य र हवाई मार्ग प्रमुख एजेन्डा

मंसिर ७। प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्तामा सहभागी हुँदैछन्। आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आज भारतीय प्रधानमन्त्री मोदीसँग व्यापार, पारवहन, ऊर्जा, लगानी, हवाई सम्पर्क तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। वार्ताका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ।

नेपालका लागि थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयलाई यस भ्रमणको महत्त्वपूर्ण एजेन्डाका रूपमा हेरिएको छ। त्यस्तै, जनकपुर–अयोध्या रेल सम्पर्क, नेपाल प्रहरी प्रतिष्ठानको नयाँ भवन, भैरहवा एकीकृत जाँच चौकीलगायतका विकास परियोजनासम्बन्धी विषय पनि छलफलमा समेटिने अपेक्षा गरिएको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्। भ्रमणबाट नेपाल–भारत सम्बन्धमा आर्थिक तथा विकास सहकार्यको नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।