image
image

नेप्सेमा दोहोरो अंकको वृद्धि, १० अर्बको कारोबार 

काठमाडौँ। सेयर बजारमा साताको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार ९२.४२ अंकले बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।
 
नेप्सेका अनुसार आज १५.५० अंकले नेप्से बढेर दुई हजार छ सय १ दशमलब ५१ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहि बेरमै नेप्से २६ सय ३१ विन्दु पार गरेको थियो ।   

त्यस्तै, आज नेप्सेमा १० अर्ब ३ करोड ५४ लाख बरोबरको कारोबार भएको छ । सोमबार पनि १० अर्ब बढीको कारोबार भएको थियो ।    त्यसैगरि, आज कारोबार भएका १२ समूहमध्ये ४ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।