image
image
दसौँ राष्ट्रिय खेलकुद : गण्डकीलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

दसौँ राष्ट्रिय खेलकुद : गण्डकीलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

मंसिर १२। सुर्खेतमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कालुञ्चोक क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै गण्डकीलाई सहजै पराजित गरेको हो।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको गण्डकी प्रदेशविरुद्ध आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लले समान ३६–३६ रनको योगदान दिए। त्यस्तै वशिर अहमदले २७ रन बनाउँदा त्रितराज दासले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २४ रन जोडे। यस प्रदर्शनका आधारमा आर्मीले गण्डकीसामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

१७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश भने आर्मीका बलरहरूसामु टिक्न सकेन। गण्डकीले १७ ओभरमै सबै विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो। गण्डकीका ईश्वर क्षेत्रीले सर्वाधिक २६ रन बनाए भने सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा गण्डकीले ठूलो अन्तरको हार बेहोर्नुपरेको हो।

आर्मीको जितमा बलर तिलकराज भण्डारी नायक बने। उनले तीन ओभरमा मात्र १२ रन खर्चेर चार विकेट लिए। उत्कृष्ट बलिङ प्रदर्शन गरेका तिलकराज खेलको प्लेयर अफ द म्याच घोषित भए। त्यस्तै नरेश साउँदले दुई विकेट लिँदा कुशल मल्लले एक विकेट हात पारे।

यस जितसँगै त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दुई अंक जोडेको छ। यसअघि पहिलो खेल जितेको कर्णाली प्रदेशले पनि दुई अंक प्राप्त गरिसकेको छ। दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली र प्रदेशबीचको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।