२२ वर्षदेखि बन्द महेन्द्रनगर विमानस्थल पुन: संचालनमा आउने
काठमाडौ। विगत २२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल पुन: संचालनमा आउने भएको छ । मुलुकको अन्तिम विन्दुमा रहेको विमानस्थललाई अबको डेढ वर्षभित्र सञ्चालनमा ल्याइने भएको हो।
यो विमानस्थललाई तीन तहको सरकारको लागत साझेदारी अवधारणमा पुन: सञ्चालनमा ल्याउन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नागरिक उड्डयन प्राधिकरण तथा सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र द्वन्द्वपछि गौचरनमा परिणत भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगैको यो विमानस्थल मर्मत गरेर सञ्चालनमा ल्याउँदा करिब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यो विमानस्थलको खर्चमा प्राधिकरणले ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधार चाँदनी नगरपालिकाले १० प्रतिशत लागत साझेदारी गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
जिर्णोद्वारपछि १९ सिट क्षमताको टुइनअटर विमानमात्रै सञ्चालन गरेको उक्त विमानस्थल ७२ सिटसम्म यात्रु क्षमता भएका एटीआर विमानले सेवा दिन योग्य हुने छ । यस्लाई उड्डयन भाषामा ‘थ्री–सी’ क्याटगरीको विमानस्थल भनिन्छ ।