image
image

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौँ  २ असोज । नेपाल महिला फुटबलमा फिलिपिन्ससँग पराजित भएको छ । ८९ मिनेटसम्म अग्रता लिएको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा पराजित भएको हो ।


आज उज्बेकस्तानमा भएको एसियन कप २०२२ को छनोटको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १०औं मिनेटमा अग्रता लिएको थियो । विमला चौधरीको गोलले नेपाल जीत नजिक पुगिसकेको थियो ।

खेलको ९०औं मिनेटमा फिलिपिन्सकी थानिया अनिसले बराबरी गोल गरिन् । इन्जुरी समयमा कामिला विल्सनले गोल गर्दै फिलिपिन्सलाई महत्वपूर्ण जित दिलाइन् ।

आजको पराजयले नेपालको एशियन कप छनोट कमजोर भएको छ । भारतमा सन् २०२२ मा हुने एसियन कप फुटबलमा समूहको शिर्ष टोली स्वतः छनोट हुनेछ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।