दुध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिदै बाग्मती प्रदेश
काठमाडौं ४ फागुन । कृषि तथा पशुपालनको विकासका लागि प्रदेश ३ ले विभिन्न आनुदनका कार्यक्रमलाई प्रथामिकता दिदै आइरहेको छ । यसै क्रममा अब दुध उत्पादक किसानलाई सहकारीमार्फत प्रतिलिटर २ रुपैयाँ अनुदान दिने योजना तयार भएको छ ।
गत वर्ष प्रदेश सरकारले ८ करोड लिटर दूधमा एक रुपैयाँ अनुदान दिईएको थियो भने यो वर्ष सहकारीलाई दूध बिक्री गर्ने किसानले प्रतिलिटर २ रुपैयाँ एक मुष्ठ अनुदान पाउने छन् । दूधमा अनुदान दिनका लागि बाग्मती प्रदेश सरकारले १६ करोड बजेट विनियोजन गरेको छ ।
त्यस्तै बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले गत माघ ९ गते एक महिनाको समय राखेर प्रस्ताव आह्वान गरेको थियो । प्रदेशले ८ करोड लिटर दूधका लागि १६ करोड बजेट विनियोजन गरेको हो । प्रदेशका १३ जिल्लाका दुग्ध सहकारी संस्थाहरुले प्रस्ताव पेश गर्न पाउने छन् । प्रस्ताव पठाउने समय फागनु ९ गतेसम्म छ ।
भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मापदण्ड बनाइ दुग्ध सहकारी संस्थाले दैनिक कम्तिमा ३ सय लिटर दूध संकलन गरेको हुनुपर्ने व्यवस्था गरेको छ । वार्षिक कम्तीमा २ सय दिन दूधको कारोबार गरेको हुनुपर्ने प्रावधान छ । कार्यविधि अनुसार एउटै दुग्ध उत्पादक सहकारी संस्थाले ३ वर्षसम्म अनुदान पाउने बताएका छन् ।