image
image

आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, १, असोज । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले आज अमेरिकासँग खेल्न लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे ओमानको अल अमिरत रंगशालामा हुनेछ। 

यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।


नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन(तीन खेल खेलिसकेको छ। नेपाल ६ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।