बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ ४ फागुन । हप्ताको दोस्रो दिन हिजो १ सयले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य तोलामा २ सयले बढेको नेपाल सुन चाँदी व्यापार महासंघले जनाएको छ । आज छापावाला सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै हिजो ९० हजार २ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि २०० सयले बढेर आज ९० हजार ४ सयमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
चाँदीको मूल्य भने यो साता बढ्दो देखिन्छ । हिजो १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज तोलामा २० रुपैयाँले बढेको महासंघले बताएको छ । आज चाँदी १ हजार ३ सय ६० मा कारोबार भईरहेको छ ।