तेलको मूल्य बढ्दा जुम्लाका उपभोक्ता मारमा
काठमाडौँ ४ फागुन । खाने तेलको तेलको मूल्य ह्वात्तै बढेपछि जुम्लाका स्थानीय मारमा परेका छन् । भटमासको तेल प्रतिलिटर ११० देखि १२० रुपैयाँ र धारा तेल प्रतिलिटर विगतको १५० रुपैयाँ भन्दा बढी मूल्यमा उपभोक्ताले खरिद गर्न बाध्य भएका छन् । यसअघि प्रतिलिटर ८० देखि ९० रुपैयाँ पर्ने भटमासको तेल अहिले १२० रुपैयाँमा बिक्री हुने गरेको छ । त्यसैगरी धारा तेल पहिले प्रतिलिटर १ सय देखि ११० रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले अहिले १५० रुपैयाँ तिर्न बाध्य भएका छन् ।
यसरि व्यापारीहरुले उपभोक्तालाई मार पर्नेगरी तेलको मूल्य लिएको स्थानीयको गुनासो छ । सामान्य नागरिकलाई तेल किनेर खान समेत मुस्किल भएको बताएका छन् । दैनिक सय रुपैयाको कमाई छैन । खाने तेल नै प्रतिलिटर १२० रुपैयाँसम्म पर्न थाले पछि स्थानीय मारमा परेका हुन् ।
उद्योग वाणिज्य संघ, प्रशासन, नागरिक समाज भने दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा मुकदर्शक बनेको छ । उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले कोभिडले तेल कम्पन्ीमा कच्चा पर्दाथ पनि नभएकाले तेल महंगो भएको बताए । यस्तै बजारमा अन्य खाद्यान्नको पनि मूल्य वृद्धि भईरहेकाले पनि भान्सा महँगो भईरहेको छ ।