झापाका किसानले रोपे माघमै धान
झापा। अन्नको भण्डार भनेर चिनिने झापामा माघ/फागुनमा नै धान रोप्ने काम शुरु भएको छ । नयाँ प्रविधीको बढ्दो प्रयोगसँगै पछिल्लो समयमा किसानले तीन बालीसम्म धान लगाउन थालेका छन्।
उत्पादन लागत कम गर्ने र तीनपटक सम्म धान वाली लगाउन किसानहरु तत्पर देखिएपछि यसले उत्पादनको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताईएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत धान सुपरजोन कार्यक्रम लागु भएसंगै किसानहरु बोरो धान खेतीतर्फ आकर्षित बन्दै गएका हुन्।
चक्लाबन्दी खेती पकेट योजना अन्तर्गत कचनकवल ४ फेर्कागाछीमा रहेको हरित कृषक समुहमार्फत अहिले धान रोपाई भएको हो । राईस प्लान्टर (धान रोप्ने मेसीन) बाट धान रोप्नका लागि त्यसै अनुसारको धानको बीउ तयार पारेर समुहले धान रोपेको हो । परम्परागत रुपमा बीउ राखेर र प्लान्टरका लागि बेग्लै बीउ राखेर बोरो धान लगाईएको समुहका अध्यक्ष कनयैलाल गणेशले बताए।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइमार्फत १ सय २० हेक्टरभन्दा बढी क्षेत्रमा बोरो धान खेती भएको परियोजना कार्यान्वयन एकाइ प्रमुख रवीन्द्र सुबेदीले बताए । मंसिर महिनामा बीउ राख्ने र माघ अन्तिम सातासम्म रोप्ने कार्य भएको उनको भनाइ छ। बोरो धान खेतीको उदेश्य सकेसम्म तीनबाली लगाउन भएको पनि सुबेदीको भनाई छ ।
चैते धान भन्दा अघि बीउ राखेर धान रोपिएको अवस्थामा यसलाई बोरो भनिदै आएको छ । चैते धान रोप्नका लागि बीउ राख्ने समय फागुन दोश्रो सातादेखि शुरु हुन्छ ।