आज ६ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, हेर्नुहोस् कुन-कुन ?
काटमाडौं ३ फागुन - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।सूचिकृत हुनेमा हिमालयन डिस्टीलरी, मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुवित्त, एनएलजि इन्स्योरेन्स, अरुण हाइड्रोपावर डेभलपमेन्ट र कामना सेवा विकास बैंक परेका छन् । नेप्सेमा १ करोड ५ लाख ९ हजार ५०५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार हिमालयन डिस्टीलरीको २८ लाख ९२ हजार ३४१.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३.१७ कित्ता, लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता र एनएलजि इन्स्योरेन्स कम्पनीको ७ लाख १७ हजार २५५ कित्ता बोनस सूचीकृत भएको छ ।
त्यस्तै अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ लाख ९९ हजार १६२ कित्ता, र कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनश शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।