image
image

टाटाको बिएससिक्स इन्जिनका गाडीको प्रि–बुकिङ खुला

काठमाडौँ ३ फागुन  नेपालको लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रिबुकिङ खुल्ला गरिएको छ । भारतीय स्टयान्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एचफाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो ।

 प्रि–बुकिङ गर्ने पहिलो सय जना ग्राहकलाई विभिन्न आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारमा आइफोन १२, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क सर्भिसिङ र निःशुल्क जेन्युइन एसोसेरिजहरू रहेको जनाइएको छ ।

 त्यस्तै यी गाडीहरू न्यू फर एभरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनका साथ ग्लोबल एन क्यापबाट सेफ्टीमा फाइभ स्टार र फोर स्टार रेटिङ पाएका गाडीहरू रहेको कम्पनीको दाबी छ ।
 
इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरू हरेक उमेरसमूहका ग्राहकको रोजाइमा पर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । ग्लोबल एनक्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडी रहेको कम्पनीले जनाएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।