image
image

शेयर बजारमाउच्च अंकको बृद्धि, १४ कम्पनीको शेयरहोल्डर भए मालामाल 

काठमाडौँ २७ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७१.४३ अंकले बढेर दुई हजार ९ सय ४७ दशमलब ४२ विन्दुमा पुगेको हो । त्यस्तै, आज ९ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ ।  
 
आज २३१ कम्पनीको १ करोड ७१ लाख ३ सय ३३ शेयर ९६ हजार ५ सय ९१ पटक कारोबार भएको छ ।त्यस्तै आज एक समूह बाहेक सबै बढेका छन् ।


नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर  कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, अरुण काबेली पावर कम्पनी, छ्याङिद हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलपर्श र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् ।   

त्यस्तै, सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७३ करोड भन्दा बढीको कारोबार भएको छ ।                 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।