image
image

२० ओटा ठूला कृषि बजार संरचना निर्माण सुरु 

काठमाडौं, २७, भदौ । चालू आर्थिक वर्षभित्र विभिन्न २० ओटा स्थानीय तहमा ठूला खालका कृषि बजार पूर्वाधार निर्माण सुरु हुने भएका छन् । गत आव २०७७/०७८ देखि बजेट विनियोजन भएर विभिन्न २० ओटा स्थानीय तहमा ठूला बजार पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढेको हो । 

केही स्थानीय तहमा निर्माण हुने बजारको टेन्डर समेत भएर निर्माण प्रक्रिया अघि बढेको छ । जसमध्ये मोरङको रङ्गेली, कपिलवस्तुको वाणगंगा, काठमाडौंको बुढानीलकण्ठ, तारकेश्वर नगारपालिकामा ठूला कृषि बजार निर्माण सुरु भइसकेका छन् ।

बाँकी स्थानीय तहमा बजार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन९डीपीआर० तयार गरी चालू आवको अन्त्यसम्ममा बजार

निर्माण सुरु हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख प्रकाशकुमार सन्जेलले बताए । संघ र स्थानीय तहको साझेदारीमा ४र५ ओटा बजारको ठेक्का नै लागिसक्यो । बाँकी स्थानीय तहमा बन्ने बजारका लागि डिजाइन अनुमान गरी चालू आवको अन्त्यसम्ममा काम सुरु हुन्छ ।

अर्को आर्थिक वर्षभित्रमा करिब करिब ठूला स्तरका बजार पूर्वाधारका संरचना निर्माण पूरा भएर सञ्चालनमा आउने उनले बताए । करिब ५ देखि २० करोडसम्म लगानीका ठूला स्तरका बजार संरचना निर्माण अघि बढेका छन् । 

स-साना स्तरका बजार निर्माण लागि स्थानीय सरकारलाई संघबाट बजेट विनियोजन भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।