image
image

हिमाल आरोहण शूल्कबापत २ करोड २८ लाख राजस्व

काठमाडौँ, २७, भदौ । पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको हो ।

विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । 

यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसपछि, धौलागिरी हिमालको आरोहण शूल्कबापत ४२ लाख, कञ्चनजंगा आरोहण शूल्कबापत ३ लाख र मरियाङ आरोहण शूल्कबापत करिब २ लाख रुपैयाँ संकलन भएको विभागले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमणको दर कम भएसँगै पर्वतीय पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो १ महिनाको अवधिमा हिमाल आरोहणको अनुमति लिने पर्यटक बढेसँगै पर्वतीय पर्यटन सुरु भएको हो । यो महिना मनास्लु हिमाल आरोहणका लागि मात्र १८६ आरोहीले अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।