तोकिएको क्षेत्रमा लगानी नगर्नेलाई कारबाही : राष्ट्र बैंक
काठमाडौँ ३ फागुन । राष्ट्र बैंकले तोकिएको क्षेत्रमा लगानी नगर्नेलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैङ्कले आइतबार चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने क्रममा तोकिएका क्षेत्र र लक्षित वर्गमा कर्जा प्रवाह नगर्ने बैङ्कलाई कारबाही गर्ने जनाएको हो ।
त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे नगरेको सम्बन्धमा विशेष अनुगमन गरी उक्त ऋण दुरुपयोग गरेको पाइएमा सम्बन्धितलाई गरिने कारबाहीलाई थप प्रभावकारी बनाउने राष्ट्र बैङ्कले जनाएको छ ।
उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहिते सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा ल्याइएको थियो । राष्ट्र बैङ्कले कोभिड–१९ ले प्रभावित पेसा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनर्संरचना गरिएको पुनर्कर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनर्कर्जा स्वीकृति भएको सो अवसरमा जानकारी गराइएको छ।
त्यस्तै १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जाको पहुँचमा ल्याइने बताउनुभयो । विद्युतीय कारोबारको प्रवद्र्धनका लागि थप नीतिगत व्यवस्था क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने भएको छ ।