अब आफ्नै बस सञ्चालनमा ल्याउदै प्रदेश २ को सरकार
काठमाडौँ ३ फागुन । फागुन महिना देखि प्रदेश २ मा आफ्नै बसहरु संचालनमा ल्याइने भएको छ । प्रदेशका विभिन्न सहरमा बस सञ्चालन गर्न विगतमा बनाइएको नीतिअनुसार पाँचवटा बस यही महिनादेखि सञ्चालनमा ल्याउने भएको हो। तीन करोड नौ लाख ८२ हजार रुपैयाँ प्रदेश सरकारले पाँचवटा बस खरिदसमेत गरिसकेको छ ।
अब छिट्टै बस सञ्चालन कार्यविधि बनाएर बस सञ्चालनको तयारी थालिएको प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिए । प्रदेशको आठवटै जिल्लामा बस सञ्चालन गरिने र निजी क्षेत्रले सञ्चालन गरेको बसको भन्दा कम भाडादरमा धेरै सुविधा दिने पनि बताए । गत पुसमा बस खरिद गरी सञ्चालनको प्रक्रिया थालिएको र यहि फागुन देखि नै संचालनमा आउने पनि बताए ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रदेशभरि तीन सय ७० किलोमिटर सडक निर्माण भएको, पाँच हजार चार सय २० हेक्टर जमीन सिञ्चित भएको, नौवटा दलित छात्रावास निर्माण अन्तिम चरणमा रहेको, आठवटा ज्येष्ठ नागरिक आवास निर्माण गरेको, २० वटा नयाँ खानेपानी योजनाको सुरुवात गरेको जानकारी गराएका थिए ।