image
image

मेसीले ५० वर्षपछि तोडे पेलेको कीर्तिमान

काठमाडौँ, २५, भदौ । मेसीले बिहीवार विश्वकप छनोट खेलमा ह्याटट्रिक गरेर ब्राजिलका पेलेको कीर्तिमान तोडेका छन् । बोलिभियाविरुद्धको खेलमा उनले तीन गोल गरेका हुन् । अर्जेन्टिनाले खेल ३–० ले जितेको हो ।

त्यसक्रममा उनले पेलेको ७७ गोलको रेकर्ड तोडेका हुन् । मेसीको नाममा ७९ अन्तर्राष्ट्रिय गोल छ । पेलेको रेकर्ड तोडेपछि मेसीले आँसु थाम्न सकेनन् ।

ब्युनस आयर्समा २० हजार घरेलु समर्थकका अगाडि ६ पटकका बालोन डीओर विजेता मेसीले १४औं मिनेटमा गोल गरेर पेलेको बराबरी गरेका थिए । त्यसपछि ६४औं मिनेटमा उनले बोलिभियाली डिफेन्सलाई छक्याउँदै गोल गरे । अनि खेल सकिनुभन्दा दुई मिनेटअघि उनले ह्याटट्रिक पूरा गरे । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।