image
image

ऋण नतिर्नेलाई थप सहुलियत दिँदै राष्ट्र बैंकको

काठमाडौं ३ फाल्गुन । कोरोना महामारीका कारण थुप्रै व्यवसायीहरु आर्थिक मारमा परेका छन् । धेरै व्यवसायीहरुले बैंकको कर्जा तिर्न पनि हमम्य परिरहेको छ ।  कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट बैंकले थप सहुलियत दिने भएको छ ।

 ऋण नतिर्ने र  कर्जाको पुनर्तालिकीकरण पनि नगरेका  व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने  राष्ट बैंकले जनाएको छ ।  यसअघि ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।

राष्ट बैंकले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।

यसरि सहुलियत प्रदान गर्दा व्यवसायीले केहि राहत महसुस गरेर आफ्नो व्यवसाय आघी बढाउँन मदत पुग्ने अनुमानका साथ सहुलियत योजना ल्याएको राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।