image
image

साफ च्याम्पियनशीपका लागि कतार जाने नेपाली टोलीको विदाई

काठमाडौँ, २५, भदौ । अर्को महिला माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ ।

नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले विहिबार बिदाई गरेका छन् ।

टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरी कतारमै छन् भने मुख्य डिफेन्डर रोहित चन्द इण्डोनेशियाबाट सिधै कतार जानेछन् ।

यही असोज १५ गतेबाट सुरु हुने १३औं साफ च्याम्पियनशीपका लागि नेपाली टोली असोज ११ गते कतारबाटै माल्दिभ्स प्रस्थान गर्नेछ । पाँचवटा देशहरु सहभागी रहने साफ खेल असोज १५ गतेदेखि असोज ३० गतेसम्म माल्दिभ्सको मालेमा आयोजना हुँदैछ ।

साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्सँग नेपालले असोज १५ गते पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंकासँग र असोज २४ गते साफको सर्वाधिक बलियो टोली भारतसँग खेल्नेछ । नेपालले हालसम्म साफ च्याम्पियनशीपमा सेमिफाइनल पार गर्न भने सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।