image
image

सिंगटी हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौँ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । 

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि रू. १०० अंकित दरमा रू. १४ करोड ५० लाख बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो । कम्पनीको उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।