विश्व बजारमा जुम्ली मार्सीको माग बढ्यो, २० टन जुम्ली मार्सी र सिमी क्यानडा पठाइँदै
काठमाडौँ ३ फागुन । नेपालको प्रशिद्ध जुम्ली मार्सी चामलको विश्व बजारमा माग बढ्न थालेको छ । त्यस्तै स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायक मानिने जुम्लाको मार्सी चामल, सिमी, कोदोलगायत अन्य कृषि वस्तुको अन्तराष्ट्रिय बजारमा माग बढ्दै गएको हो ।
मार्सीको माग बढेसँगै पहिलोपटक ठूलो परिमाणमा जुम्ली मार्सी चामल, सिमी, कोदो लगायतका जुम्ली कृषि वस्तु क्यानडा पठाउने तयारी भइरहेको छ । यसअघि नेपालको बासमती चामल पैठारी गर्दै आएको लायम फुड कर्पोरेसन क्यानडाले यसपटक जुम्ली मार्सी लिन थालेको हो ।
अबको एक महिनाभित्र करिब २० टन जुम्ली मार्सी चामल, सिमी, कोदो क्यानडा निर्यात गर्ने तयारी भएको छ । १३० क्विन्टल मार्सी चामल, ५० क्विन्टल सिमी, १० क्विन्टल कोदो, १० क्विन्टल बेसार र जिम्मु गरी कूल २ सय क्विन्टल अर्थात २० टन कर्णालीको कृषि वस्तु क्यानडा पठाउने तयारी भइरहेको व्यापारी राज शाहीले बताए ।
क्यानडास्थित लायम फुड कर्पोरेसनका डा. पूर्ण कँडेलको समन्वयमा जुम्लाको चन्दननाथ सहकारीले सबै किसानले उचित मूल्य पाउने गरी मार्सी र सिमी खरिद गरिरहेको छ । राम्रोसँग सुकाएर, ढुंगा माटो सबै छानेर जुम्लाबाट पठाएपछि काठमाडौंमा प्याकेजिङ गरी वीरगन्ज हुँदै यी सामग्री क्यानडा पठाइने जानकारी दिए ।