image
image

छानो छाउने काम अघि नै  काष्ठमण्डप पुनर्निर्माणमा सकियो ११ करोड ५० लाख

काठमाडौँ २२ भदौ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुरस्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । विसं २०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको काष्ठमण्डपको अन्य काम सकेर छानो छाउने काम सुरु गरिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । 

“काष्ठमण्डप सम्पदाको पुनःनिर्माणको काम निरन्तर भइरहेको छ, सम्पदाको पुनःनिर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्न सक्छ”, उनले भने । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनको भनाइ थियो । काष्ठमण्डप मुलुकको राजधानी काठमाडौँको ठूलो मौलिक सम्पदा भएकाले सातौँ शताब्दीमा बनेको काष्ठमण्डपको मौलिकतालाई बचाएर पुननिर्माण गरिनु ठूलो उपलब्धि भएको अध्यक्ष शाक्यले बताए । काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनको भनाइ छ ।  

काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनःनिर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।  

करिब रु १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको काम चाँडो सक्ने गरी काम भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।