image
image

नेपाल आइपुग्यो बंगलादेशको महिला फुटबल टोली 

काठमाडौं, २१, भदौ। बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगेको छ । बंगलादेशको महिला फुटबल टोली आज बिहान नेपाल आइपुगेको हो ।

बंगलादेशले नेपाली राष्ट्रिय महिला फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालले यही भदौ २४ र २७ गते दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।

दुवै मैत्रीपूर्ण खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछन् । नेपालले एएफसी एसियन कप क्वालिफायर्सको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल एएफसी छनोटको समूह ‘एफ’मा छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि टिकटको मूल्य पनि तोकेको छ । भीआईपीतर्फको प्रतिटिकट मूल्य ५०० र साधारणतर्फको मूल्य २०० रुपैयाँ निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।