पहिलो हाफ : नेपाल र भारत गोलरहित बराबरीमा
काठमाडौँ २० भदौ । गोलको दुई राम्रो अवसर सदुपयोग गर्न नसक्दा नेपालले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।
नेपालले १३औँ मिनेटमा गोलको सुनौलो अवसर पाएको थियो । तर, मनिष डाँगीले त्यसलाई सदुपयोग गर्न सकेनन् । तेज तामाङले दिएको पास मनिषले ६ यार्ड बक्समा नियन्त्रणमा लिएका थिए । तर, पाएको बलमा आफूले नहानी आशिष लामालाई पास दिन खोज्दा गोलको अवसर खेर फालेका थिए ।
२८औँ मिनेटमा नेपालले गोल गर्ने अर्को राम्रो अवसर पाएको थियो । आयुष घलानले गरेको क्रस आशिष लामाले हेड नभेट्दा गोलका राम्रो अवसर खेर गयो ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ४३औँ मिनेटमै अञ्जन विष्ट र विशाल राईलाई मैदान छिराएका थिए । अञ्जन आशिष लामाको स्थानमा मैदान छिरेका थिए भने विशाल सुमन लामाको स्थानमा मैदान छिरेका थिए ।