image
image

तेस्रो चरणको खोप अभियान आजदेखि सुरु

काठमाडौँ । कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । माघ २४ गते पहिलो र ३० गते दोस्रो चरणको खोप अभियान सकिएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि सुरु भएको हो । 

फागुन ८ गतेसम्म संचालन हुने तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा सबैले आ–आफ्नो कार्यालयको परिचयपत्र लिएर जानुपर्ने मन्त्रालय जनाएको छ ।

स्वास्थ्य स्वयमसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलगायतलाई पनि खोप दिने र यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।