image
image

प्राविधिक शिक्षा पढ्न स्थानीयलाई कर्जा

काठमाडौँ - रुकुम पश्चिममा छ वटा स्थानीय तह छन्, जसमा आठबिसकोट नगरपालिका धेरै कारणले चर्चामा छ । नगरपालिका भए पनि भौतिक पूर्वाधार र विकासका हिसाबले पछि परेको तथा दुर्गम बस्तीहरू पनि यस नगरपालिकामा धेरै नै छन् । जसले गर्दा राजनीतिक तथा स्थानीय सरकारको नेतृत्वले यस क्षेत्रको विकास र समृद्धि सपना देख्दैमा मात्र अन्य स्थानीय तहको जसरी सहज तरिकाले विकास भने सम्भव देखिँदैन । यद्यपि स्थानीय सरकार बनेपछि त्यस क्षेत्रको विकासमा अन्य स्थानीयतहको भन्दा तिब्रता पाइएको छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।

जसको पछाडि नेतृत्वको ईच्छाशक्ति र निरन्तरता नै हो । भौतिक पूर्वाधार निर्माण, गाउँमै उद्योग सञ्चालन, शैक्षिक कर्जामार्फत विद्यार्थीलाई उच्च शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि केही उल्लेखनीय काम भएको नगर प्रमुख गोर्खबहादुर केसी बताउँछन् ।

प्रमुख केसीका अनुसार शिक्षालाई व्यवस्थित बनाउन ४५ जना विद्यार्थी बराबर एउटा शिक्षकको व्यवस्था गरिएको छ । यसअघि एक सयभन्दा बढी विद्यार्थीहरूपनि एउटै शिक्षकले पठाउनुपर्ने बाध्यता थियो । शिक्षक अभाव रहेका विद्यालयमाहरूमा १ सय ६२ जना शिक्षक नगरपालिकाले करारमा नियुक्त गरेर पठाएको छ । उच्च शिक्षामा नगरपालिकाले केही विषयहरूमा विद्यार्थीलाई ब्याजमा अनुदान दिइएको छ ।

हालैको उदाहरणमा नगरपालिकाका दुई जनाले पाइलट पढिसकेका छन् । उनीहरू हुन्, गोविन्द केसी र ललित भण्डारी । केसी र भण्डारीले फिलिपिन्सबाट पाइलट पढेर भर्खरै फर्किएका छन् भने उनीहरूको शिक्षाको लागि नगरपालिकाले ब्याज अनुदानमा ५० लाख रुपैयाँ शैक्षिक कर्जा दिएर पाइलट पढ्न सघाएको थियो । नगरपालिकाले यी दुइलाई पाइलट पढाउनुका साथै अन्य दर्जन विद्यार्थीलाई स्वास्थ्य र इन्जिनियरिङका प्राविधिक शिक्षा लागि पनि ब्याज अनुदानसहित शैक्षिक कर्जा दिएकाले उनीहरू देशका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।