image
image

आज नेपाल र भारत भिड्दै

आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे खेल सुरु हुनेछ।  खेलका लागि ५१ सय दर्शक मैदान प्रवेशका लागि अनुमति छ।

दर्शक मैदानमा प्रवेशका लागि रंगशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ । नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइनेछ।

त्यसका लागि दर्शकले टिकटका साथै भ्याक्सिन कार्ड ल्याउनु पर्नेछ र भ्याक्सिन कार्ड नभए पिसिआर रिपोर्ट ल्याउनु पर्नेछ।

दर्शकका लागि प्रभुपेबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ। टिकटको मूल्य साधारण प्यारापिटको एक हजार र भिआइपीतर्फ दुई हजार रुपैयाँ तोकिएको छ। 

खेलको हिमालय टेलिभिजन तथा ओएसआर स्पोर्ट्सको युट्युवबाट प्रत्यक्ष प्रसारण हुनेछ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको  थियो।

मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।।

नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो।

भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेले भएको थियो। उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो । 

नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ।

फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन्। 

भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ।

नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ। 
नेपाली टिम 

गोलकिपर स् किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर स् सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर स् सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्ड  स् मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम

गोलकिपर स् अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु 

डिफेन्डर स् प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डर स् ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्ड स् मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

नेपाल भर्सेस भारतबीचको १९ खेलको नतिजा
२०(१२(१९८५    भारत ०(० नेपाल              साफ गेम्स
२१(१२(१९८५    भारत २(० नेपाल              साफ गेम्स 
३०(११(१९८७    भारत १(० नेपाल               साफ गेम्स 
२६(१२०(१९८९  भारत २(१ नेपाल               साफ गेम्स 
२१(७(१९९३     भारत १(० नेपाल                साफ च्याम्पियनसिप
१८(१२(१९९३   भारत २(२ नेपाल                साफ गेम्स 
२२(१२(१९९३   नेपाल २(२ ९४(३० भारत       साफ गेम्स 
५(१२(१९९८    नेपाल ०(१ भारत                एसियन गेम्स
३००(९(१९९९   नेपाल ०(४ भारत               साफ गेम्स 
८(१२(२००५     भारत २–१ नेपाल              साफ च्याम्पियनसिप 
३(६(२००८     भारत ४–० नेपाल             साफ च्याम्पियनसिप 
८(१२(२००९     भारत १– ० नेपाल            साफ च्याम्पियनसिप 
२८(८(२०१२     भारत ० – ० नेपाल          अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
५(९(२०१३     नेपाल २ – १ भारत           साफ च्याम्पियनसिप 
१९(११(२०१३    भारत २ – ० नेपाल       अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१२(३(२०१५     भारत २ – ० नेपाल         विश्वकप छनोट 
१७(३(२०१५     भारत ० – ० नेपाल        विश्वकप छनोट 
२७(१२(२०१५    भारत ४(१ नेपाल        साफ च्याम्पियनसिप 
६(६(२०१७      भारत २(० नेपाल          अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।