image
image

कोरोनाका कारण १० प्रतिशत उद्योग पूर्ण रुपमा बन्द 

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) का कारण १० प्रतिशत उद्योगहरु पूर्ण रुपमा बन्द भएका छन । आर्थिक गतिविधि हुन नसक्दा १०.८१ उद्योग प्रतिशत पूर्ण रुपमा बन्द भएका हुन् । त्यस्तै गरि ८९ दशमलव १९ प्रतिशत उद्योग व्यवसायहरु आंशिक रुपमा संचालनमा छन् ।

उद्योग मन्त्रालयले गरेको कोरोनाले उद्योगमा परेको प्रभाव सम्बन्धि अध्ययनमा पूर्ण रुपमा बन्द भएका उद्योगमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग रहेका छन। यसैगरी ४ दशमलव ३ प्रतिशत उद्योगको उत्पादन क्षमतामा उल्लेख्य रुपमा गिरावट आएको छ भने ७६ दशमलव ४७ प्रतिशत उद्योगले कच्चा पदार्थ प्राप्तिमा कठिनाई हुन गरेको देखाएको छ ।

अध्ययनमा सहभागी उद्योगहरु मध्ये १६ दशमलव २२ प्रतिशत उद्योगले मात्र नाफा कमाएको बताएका छन् । नाफामा रहेका उद्योग मध्ये ६६ दशमलव ६७ प्रतिशत ठुला उद्योग रहेका छन् । कोभिड १९ ले सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर पर्नका साथै ठुला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ती वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र बजारिकरण सबै क्षेत्रमा असर परेको देखाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।