कर्मचारीमा कोरोना देखिएपछि राहदानी नविकरण गर्न दूतावास नआउन अपिल
युएई। राहदानी नविकरणका लागि दूतावासमा नआउन आबुधाबीस्थित नेपाली दूतावासले अपिल गरेको छ। दूतावासले एक सूचना जारी गर्दै राहदानी नवीकरणका लागि हुलाक तथा कुरियरमार्फत आवेदन पठाउन आग्रह गरेको छ।
दुतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि दूतावासवाट दिइने सेवा सुबिधा भौतिक रुपमा कम गरि व्यवस्थित र सुरक्षित बनाउन लागिएको राजदुतावासको सुचनामा उल्लेख छ ।
दूतावासले २०७७ फागुन २ गतेदेखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउन अनुरोध गरेको छ। राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइटमा हेर्न सकिनेछ ।