image
image

केएल टावरमा भ्यालेन्टाइन डे लक्षित मेला सुरु, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

काठमाडौं। चाबहिलस्थित सपिङ मल केएल टावरमा भ्यालेन्टाइन डे लक्षित सामानहरुको खरिदमा ५० प्रतिशत छुटको अफरसहित शुक्रबारदेखि नौ दिने मेला सुरु भएको छ।

फागुन ८ गतेसम्म चल्ने मेलामा ४० वटाभन्दा बढी आउटलेटहरु छन्। यहाँ बालबालिकादेखि वयस्कसम्म सबै उमेरका लागि लुगा-कपडाहरु बिक्रीमा राखिएका छन्। सामानहरुका कम्पनी र ब्रान्डअनुसार ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

मेलामा इलेक्ट्रोनिक्स सामानहरुका पनि स्टल छन्। मोबाइल, घडी र ब्यागहरुमा पनि छुटको अफर छ। मेलामा पुग्नेका लागि बिभिन्न इभेन्टहरु पनि राखिएको छ। यसमा ग्राहकले ५ हजारभन्दा बढी मूल्यका सामान खरिद गर्दा दुई वटा फिल्म टिकट पाउने व्यवस्था छ।

भ्यालेन्टाइन डेलाई लक्षित इभेन्टमा कस्टमरका लागि गुलाफका फूल, बेलुन र क्यान्डीहरु फ्रीमा बाँडिएको छ। बच्चाहरुका लागि फेस पेन्टिङ पनि राखिएको छ । मलमा १२ बजेपछि ग्राहक अन्तरक्रिया कार्यक्रमहरु पनि छ। यस इभेन्टसका लागि भ्याली एक्सप्रेसले ५० प्रतिशत छुटका कुपनहरु राखेको छ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।