५ करोडको लागतमा कञ्चनजंघा जाने नयाँ पदमार्ग निर्माण हुँदै
ताप्लेजुङ। विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रू. ५ करोड लागतमा बन्ने भएको छ। पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले ७० प्रतिशत र गाउँपालिले बाँकी लगानीमा ३ वर्षे योजनामा सो पदमार्ग बनाउन लागेको हो।
साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम गर्ने आयोजनामा कञ्चनजंघा हिमालसम्म पुग्ने पदमार्ग निर्माण गर्न संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले रू. ३ करोड ५० लाख र गाउँपालिकाले रू. १ करोड ३० लाख लगानी गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए।
यसका साथै तीन वर्षसम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिकाअनुसार प्रक्रिया अगाडि बढाउने समेत उनले बताए । यस आर्थिक वर्षमा प्रारम्भिक सर्वे गरी पदमार्ग निर्माण प्रक्रिया शुरु हुनेछ ।
उनले भने, ‘नयाँ पदमार्गदेखि हिमाल हेर्दै प्रकृतिक सुन्दरताको अवलोकन गर्दै कञ्चनजंघा बेश क्याम्पसम्म पुग्न सकिने छ ।’ पुरानो पदमार्ग काबेली खोलाको किनारैकिनार हुँदै आधारशिविर पुग्नुपर्दछ । केही स्थानमा पहिरोका कारणले स्थानीय नै हिँड्न नसक्ने अवस्था रहेको छ । पुरानो पदमार्गमा आवश्यक स्थानमा होटल नभएको र नयाँमा आवश्यक स्थानमा होटल स्थापना गरिने छ । घरबास (होमस्टे) सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।