यो साता ४५ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । माघ महीनाको अन्तिम कारोबार साता शेयर बजार ५१ दशमलव ६६ अंक बढेको छ । यो साता नेप्से परिसूचक २ हजार ४७५ दशमलव २६ विन्दुदेखि बढेर २ हजार ५२६ दशमलव ९२ विन्दुमा पुगेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
पाँच दिन कारोबार भएको बजार तीन दिन बढेको थियो भने दुई दिन घटेको हो । यो साता पहिलो कारोबार दिन ४८ दशमलव ७४ अंक, दोस्रो दिन ३७ दशमलव ४८ अंक र चौंथो दिन ८ दशमलव ६६ अंकले बजार बढेको छ । कारोबारको तेस्रो दिन २७ दशमलव ११ अंक र पाँचौ दिन १६ दशमलव ११ अंकले बजार घटेको छ ।
यो साताको नेप्से परिसूचकमा भएको घटबढलाई बजार परिपक्क भएको टिप्पणी जानकारहरुले गरेका छन् । बजार करेक्सन हुँदै अघि बढेमा मात्र सहित गति लिन सक्ने टिप्पणी गर्दै बजार सम्बद्ध जानकार व्यक्तिहरुले अहिलेको बजार सहि गतिमा अघि बढेको बताउँछन् ।
बजारको आकार बढेसँगै यसको दिगोपनको आशा पनि लगानीकर्तामा देखिएकाले अब बजारले गति लिनेमा उनिहरु विश्वस्त रहेका छन् । सूचीकृत कम्पनीहरुको सन्तोषजनक वित्तीय विवरण, बजारमा स्टक डिलर कम्पनी प्रवेशको तयारी लगायतले पनि बजार सकारात्मक गतिमा अघि बढेको विश्लेषण विश्लेषकहरुको छ ।
यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ४५ अंकले बढेको छ । लामो समयदेखि बढ्न नसकेको बैंकिङ समूह यो साता भने केहि अंक बढेको छ । यो साता कारोबारको दोस्रो दिन ३ दशमलव ६५ प्रतिशत, चौंथो दिन १ दशमलव ५ प्रतिशत र पाँचौ दिन शून्य दशमलव ६ प्रतिशत बैंकिङ समूहको परिसूचक बढेको हो ।
गत साताको अन्तिम कारोबार दिन बिहीवार १ हजार ७२० दशमलव ४४ विन्दुमा रहेको बैंकिङ समूहको परिसूचक यो साताको अन्तिम कारोबार दिन १ हजार ८०८ दशमलव ६४ विन्दुमा पुगेको छ ।
बजारका महत्वपूर्ण सूचकहरुमध्ये कारोबार कित्ता गत साताभन्दा यो साता कम भएको छ भने बाँकी सकारात्मक रहेका छन् । पाँच कारोबार दिनमा रू. ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार बराबरको शेयर कारोबार भएको छ । गत साता रू. ४१ अर्ब ६८ करोड ६४ लाख ३ हजार बराबरको शेयर कारोबार भएको थियो । गत साताभन्दा यो साता कारोबार रकम रू. ३ अर्ब ५८ करोड २१ लाख २४ हजार बढी भएको हो ।
गत साता ८ करोड ५६ लाख ७४ हजार ७१३ कित्ता शेयर खरीदविक्री भएकोमा यो साता ८ करोड ४६ लाख ९८ हजार २२ कित्ता शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता ९ लाख ७६ हजार ६९१ कित्ता शेयर कम कारोबार भएको हो ।
कुल बजार पूँजीकरण पनि सातामा रू. ७२ अर्ब ११ करोड १० लाख ५९ हजार बढी भएको छ । गत साता रू.३३ खर्ब ३४ अर्ब ६ करोड ३० लाख ३४ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साता रू. ३४ खर्ब ६ अर्ब १७ करोड ४० लाख ९३ हजार कायम भएको छ । हालसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक बजार पूँजीकरण रहेको छ । १५ करोड कित्ता शेयर सूचीकृत रहेको यस कम्पनीको कुल बजार पूँजीकरण रकम रू. २ खर्ब ११ अर्ब ५० करोड कायम भएको हो ।
यस साताको अन्तिम कारोबार दिन कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४१० कायम भएको हो । गत साताको तुलनामा भने यो साता कम्पनीको शेयरमूल्य घटेको हो । गत साताको अन्तिम कारोबार दिन कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४५० थियो । साताको काराबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४० ले कम भएको हो ।