image
image

११ दिनको कारोबारमा मनकामना स्मार्टको २५८ कित्ता शेयर कारोबार

काठमाडौँ, ७, भदौ ।  मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार हुन थालेको ११ दिन भएको छ । उक्त अवधिमा कम्पनीको २५८ कित्ता शेयर खरीदविक्री भएको छ । गत बिहीवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६८ दशमलव ३० पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार कम्पनीको शेयरमूल्य ४ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीको शेयर कारोबार साउन २० गतेदेखि  प्रतिकित्ता रू। २९६ दशमलव ७ मा खुला भएको थियो । उक्त दिन दिन कम्पनीको २० कित्ता मात्र शेयर खरीदविक्री भएको हो ।  कम्पनीको शेयर कारोबार साउन १८ गतेदेखि हुनु पर्नेमा म्याचिङ नभएर साउन २० गतेदेखि रेगुलर समयमा शेयर खरीदविक्री भएको थियो । 

पहिलो कारोबारको लागि नेप्सेले रू। ११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्यरेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको गर्दछ । कम्पनीको आईपीओ साउन १७ गते सूचीकृत भएको थियो । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।