image
image

एक सातामा प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ५, भदौ । एक सातामा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला मूल्य ८९ हजार २५० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम छ ।

साताको आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको कारोबार सुरु भएको थियो । त्यसपछि साताका सोमबार र बिहीबार केही ओरालो लाग्नु बाहेक अन्य सबै कारोबार दिनमा सुनको मूल्य बढेको महासङ्घले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार एक हजार १९५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।