पठाओले पनि ल्यायो भ्यालेन्टाइन अफर, यस्ता छन् अफर !
काठमाडौँ ३० माघ । पछिल्लो समय विभिन्न कम्पनि तथा वितिय संस्थाले भ्यालेनटाइन अफर गरिरहँदा पथाओले पनि अफर ल्याएको छ । पठाओले आफ्ना दश उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको हो।
भ्यालेन्टाइन स्पेसल अफर गर्दै पथाओले उत्कृष्ट दश राइडरहरुलाई आफ्नो जोडी सहित डिनरमा सहभागी हुन गराउने भएको छ । त्यस्तै भ्यालेन्टाइन डेकै दिन पठाओ एप मार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले भ्यालेन्टाइन डेको दिन ‘मायाको पाटी’ राखिनेछ । सो दिन ट्याक्सी प्रयोग गर्ने ग्राहकहरूले आफ्नो मायालुलाई सम्झेर मायाको पाटीमा आफ्नो सन्देश लेख्न सक्ने कम्पनीले जनाएको छ ।









