image
image

नेपाल टेलिकमको आम्दानीमा सुधार, कति भयो आम्दानी ? 

काठमाडौँ ३० माघ। पछिल्लो समय नेपाल टेलिकमले आफ्नो आम्दानीमा सुधार भएको जानकारी गराएको छ । कोरोना महामारीपछिको अवस्थामा पनि सरकारी कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पहिलो र दोस्रो त्रैमासको आधारमा सेवा बापतको आयमा सुधार आएको देखिएको हो। टेलिकमले चालू आर्थिक वर्षको द्धितिय त्रैमासिकमा सो रकममा वृद्धि भएको जानकारी दिएको छ ।

टेलिकमको सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो वर्षको पहिलो त्रैमासिकमा कुल सेवा वापतको आय रकम ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ रहेकोमा चालु आवको द्धितिय त्रैमासिकमा सो रकममा वृद्धि भएको देखिएको छ ।अहिले कम्पनीले दोस्रो त्रैमासमा ४५ करोड ४२ लाख ३३ हजार ४२१ रुपैयाँले आम्दानी वृद्धि गर्न सफल भएको छ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै चालु आवको पहिलो त्रैमासमा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ ३८१ रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासिक अवधिमा खुद मुनाफा २५ करोड ३८ लाख ५५ हजार ६९७ रुपैयाँले बढेर १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ रहेको वितिय विवरणमा उल्लेख छ ।

त्यस्तै कम्पनीको त्रैमासिक आम्दानीहरुमा देखिने गरि वृद्धि भएपनि अर्ध वार्षिक आम्दानीमा भने कमी आएको छ । जसले गर्दा चालु आवको अर्ध वार्षिकमा कुल सेवा बापतको आयमा १.७४ प्रतिशतले कमी आएको देखिएको छ । यो रकम भनेको १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार ५०३ रुपैयाँ हो। 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।